गायक धृष्टधुम्न शाही भए प्रेममा सफल

१२ श्रावण २०८१, शनिबार १५:२२

काठमाडौँ । हरेक मानिसले आफ्नो प्रेमलाई सफल पार्न चाहान्छ । तर धेरैको पहिलो प्रेम सफल हुँदैनन् । तर पनि गायक तथा मोडल धृष्टधुम्न शाहीको रिलको प्रेम सफल भएको छ । जुन कुरा सम्बन्ध बोलको गीतको भिडियोमा देखाइएको छ । जसमा गायिका रचना रिमाल र गायक धृष्टधुम्न शाहीको स्वर रहेको छ । भिडियोमा बालापनमा आँफुले मन पराएकी मायालुसँगको भेट, प्रेम र विबाहको रमाइलो किस्सा र एउटा सफल प्रेम कथालाई देखाइएको छ ।

भिडियोमा गायक धृष्टधुम्न शाही र लोकप्रिय मोडल स्मारिका ढकालको बेजोड अभिनय देख्न सकिन्छ । आफ्नो साथीलाई भविष्यमा ठूलो गाडीमा लिने आउने वाचा खाएका धृष्टधुम्न शाहीले आफ्नो वचन पूरा गरेको दृश्य निकै रोमान्टिक देखिन्छ । उमेशराज खड्काको शब्द शृजना रहेको सार्वजनिक गीतमा संगीत पनि गीतकारले नै भरेका छन् । विशाल निरौलाको मिक्सिगं तथा मास्टरिगं रहेको गीतको एरेन्ज रिकेश गुरुगंले गरेका हुन् ।

भिडियोमा बाल कलाकारका रुपमा इशु थापा मगर र प्रज्वल आले मगरको पनि अभिनय रहेको छ । सुदीप लम्सालको निर्देशन रहेको भिडियोको छायांकन विशाल सुसलिगं मगर र दिनेश सुवेदीले गरेका हुन् । ओएसआर डिजिटलबाट रिलिज गरिएको भिडियोको सम्पादन पवन सुशलिंगले गरेका हुन् ।