राजनीतिक पहुच नभएका कर्मचारीलाई ऐन, कानून विपरित पूर्वाग्रह राखि अन्यायपूर्ण ढंगले सरुवा नगर्न नेराकसंको आग्रह

११ श्रावण २०८१, शुक्रबार १७:४५

काठमाडौं । राजनीतिक पहुच नभएका कर्मचारीलाई ऐन, कानून विपरित पूर्वाग्रह राखि अन्यायपूर्ण ढंगले सरुवा नगर्न नेपाल राष्ट्रिय कर्मचारी संगठनले आग्रह गरेको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले शुक्रबार (आज) संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलालाई ज्ञापनपत्र पेश गर्दै सो आग्रह गरेका हुन् ।

सरकारको नेतृत्व परिवर्तन हुने बित्तिकै विगत एक साता देखि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका निकायहरुवाट वैचारिक आस्थाको आधारमा निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५० विपरित सेवा अवधि नपुगेका कर्मचारीको पूर्वााग्रह राखि सरुवा गर्ने कामले कर्मचारी तन्त्रमा नराम्रो असर गर्ने अध्यक्ष भट्टद्धारा प्रेतित ज्ञापनपत्रमा उल्लेख छ ।

साथै राजनीतिक पहुँच नभएका कर्मचारीलाई ऐन, कानून विपरित पूर्वाग्रह राखि अन्यायपूर्ण ढंगले गरिएका सरुवा सम्वन्धि काम कारवाही यथाशिघ्र सच्याउन माग समेत गरेको छ । संघिय निजामती सेवा ऐन जारी हुन नसकिरहेको संक्रमणकालिन अवस्थामा स्थानीय तहको पहिलो ढोकामा वसेर सेवा प्रवाह गरिरहेका कर्मचारी दोहोरो सहमती साथ प्रकृया पुर्याई दिएका हजारौं सरुवा निवेदनहरू यथास्थितिमा रहेकोले यथाशिघ्र सरुवा सम्बन्धी मापदण्ड बनाई उक्त निवेदनमा माग बमोजिम सरुवा व्यवस्थापन गर्न समेत संगठनले माग गरेको छ ।

null