काठमाडौं । महाराजगञ्जस्थित त्रिविशिक्षण अस्पताल यस बेला शोकमा डुबेको छ ।
सौर्य एयरलाइन्सको जहाजदुर्घटनामाज्यानगुमाएका १८ जनाको शवपोस्टमार्टम र पहिचानका लागि त्रिविशिक्षण अस्पतालमा राखिएको हो । शव अस्पताल ल्याएपछि शोकमा डुबेका मृतकका परिवारहरूको रुवाबासीले अस्पताल शोकमा डुबेको हो । अस्पतालमा शवहरूको पोस्टमार्टम सुरु भएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटनामा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) को–पाइलट एस. कटुवालले ज्यान गुमाएका छन् ।
