काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकार धैरै नटिक्ने राप्रपाको प्रवक्ता ज्ञान बहादुर शाहीले खुलासा गरेका छन् ।
सोमबार प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छ कार्यक्रममा पत्रकार ऋषि धमलासंग कुराकानी गर्दै राप्रपाको प्रवक्ता शाहीले पहिलेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले काम भन्दा धेरै भाषण गर्ने र अहिलेको एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले उखान टुक्कामात्र भन्ने काम नगर्ने भएकाले सरकार धेरै नटिक्ने खुलासा गरेका हुन् ।
प्रवक्ता शाहीले कांग्रेस र एमालेले बनाएको सरकार हावा भरेको बेलुन जस्तै भएको हुँदा एउटा छिस्को लिएर हान्न बित्तिकै प्याट फुट्ने बताएका छन् । यस्तै कांग्रेस र एमालेको सरकार लुट्नको लागि बनेको पनि उनले खुलासा गरेका छन् ।
उनले भने,“यो सरकार भनेको हावा भरिएको बेलुन हो । एउटा छेस्को लिएर छ्यास् हान्दिने हो भने प्याट फुट्छ । के का लागि बेनेको भन्दा लुट्नका लागि बनेको हो । पहिलेको सरकार भाषण मात्रै गर्ने काम फिटिक्कै नगर्ने अब अहिलेको सरकार भाषण पनि काम पनि नगर्ने बरु उखान टुक्का भनेको भने गर्ने यही सरकार हो यो ।”
