काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य एवं नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलार्इ प्रदेश मुख्यमन्त्रीमा नियुक्ति गरिएको छ ।
सोमबार प्रदेश प्रमुख अमिक शेरचन्दले ५६ सांसदको समर्थन सहित उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थन सहित दाबी पेश गरेका हुन् । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ ।
