काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई धाई तथा शुभकामना दिएका छन् ।
सोमबार (आज) सामाजिक सञ्जाल ‘एक्स’मार्फत मोदीले ओलीको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरेका छन् । यस्तै पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न नजिकबाट काम गर्न तत्पर रहेको उनले लेखेको सन्देशमा उल्लेख छ ।
