राष्ट्रिय वाणिज्य बैंकको देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार

३२ असार २०८१, सोमबार १२:३३

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवम् सूचना अधिकारी देवेश प्रसाद लोहनीले सुनसरीको हरिनगरा नगरपालिका –२, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौँको काठमाडौँ महानगरपालिका–२, लाजिम्पाटस्थित शाखा कार्यालय लाजिम्पाटमा आइतबारदेखि शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको जानकारी दिए ।

त्यस्तै, काठमाडौँको काठमाडौँ महानगरपालिका–४, सुकेधारास्थित शाखा कार्यालय सुकेधारा, कास्कीको पोखरा महानगरपालिका– १, हरिचोकस्थित शाखा कार्यालय हरिचोक, रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५, मणिग्रामस्थित शाखा कार्यालय मणिग्राम र बर्दियाको बढैयाताल गाउँपालिका– ६, मैनापोखरस्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालयहरु विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको उनको भनाइ छ । यससँगै बैंकको शाखा कार्यालयको सङ्ख्या २९४ पुगेको छ ।

साथै बैंकले आइतबार नै स्याङ्जाको चापाकोट नगरपालिका– १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३ औं एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।