काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ ।
आइतवार राति निश्चित गरिएका नामहरुबाट योगेश भट्टराई, छविलाल विश्वकर्मा तथा कृष्णगोपाल श्रेष्ठको नाम हटाएर देवेन्द्र दाहाल, बलराम अधिकारी तथा मानवीर राईलाई मन्त्री बनाइने भएको छ ।
यस्तै एमालेबाट विद्या भट्टराई, राजकुमार गुप्ता, देवेन्द्र दाहाल तथा मानवीर राई पहिलो पटक मन्त्री बन्न लागेका छन् । देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायामन्त्री, मानवीर राई रक्षा मन्त्री तथा विद्या भट्टराई शिक्षा मन्त्री बन्ने निश्चित भएको छ । राजकुमार गुप्ताको भने अहिलेसम्म मन्त्रालय तोकिएको छैन ।
एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्ने निश्चित भैसकेको छ । उनीहरुबाहेक दामोदर भण्डारी उद्योगमन्त्री तथा बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बन्दै छन् ।
