एभरेस्ट इन्जिनियरिङ कलेजले असार २८ गते आरोहन २.० आयोजना गर्दै

२७ असार २०८१, बुधबार १६:५८

काठमाडौं । एभरेस्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरले यही असार २८ गते आरोहन २.० आयोजना गर्न लागेको छ।

पहिलो पटक २०७६ सालमा क्षमतावान विद्यार्थीको भव्य सहभागीतामा सम्पन्न भएको उक्त कार्यक्रमले आफुलाई पुनः यस्तै कार्यक्रम गर्न हौसला दिएको कुरा कलेजका सिइओ अरुण भण्डारीले जानकारी दिएका छन।

यस प्राविधिक महोत्सवमा विविध क्षेत्रमा नवप्रवर्तन र प्रतिभाको उत्सव मनाउँदै विभिन्न रोचक कार्यक्रमहरू आयोजना हुनेछन्। आरोहण २.० विद्यार्थी, व्यवसायी सबैका लागि एकसाथ आउन र नवप्रवर्तनको भावना मनाउने उत्कृष्ट अवसर हो।

कार्यक्रमको उद्देश्य ईन्जिनियरहरू र प्राविधिकहरूको अर्को पुस्तालाई उनीहरूको प्रतिभा प्रदर्शन गर्न र एकअर्काबाट सिक्ने प्लेटफर्म प्रदान गरेर प्ररित गर्ने रहेको छ।

असार २७ गते उक्त कार्यक्रमको तयारी रहेको छ भने उक्त दिन बाटै विभिन्न कार्यक्रमहरु सुरुवात हुनेछन। यस भव्य कार्यक्रममा ब्रिज मोडेल, डार्ट्स खेल, कोडिङ प्रतियोगिता, ड्रोन , क्विज प्रतियोगिता, प्रोजेक्ट र पोस्टर , लक्की ड्र , कागजको पुल प्रतियोगिता ,खाना स्टल, अटोक्याड प्रतियोगिता, सर्भेइङ प्रतियोगिता, रंग ब्यन्डको संगीत प्रस्तुति, शेक टेबल प्रतियोगिता लगाएत विभिन्न कार्यक्रमहरु हुनेछन।

कार्यक्रमका लागि कलेजले करिब १० लाख बराबरको पुरस्कारको समेत व्यवस्था गरेको छ भने सहभागी सबैलाई सर्टिफिकेटको व्यवस्था समेत रहेको छ। एभरेस्ट इन्जिनियरिङ कलेजमा आयोजना हुने यस अद्वितीय प्राविधिक महोत्सवमा सहभागी भई प्रेरणादायी अनुभव विद्यार्थीहरुले कलेजको पेज वा कलेजलाई सम्पर्क गर्न सक्नेछन।

विभिन्न कार्यक्रमहरूले सबैलाई प्रभावित पार्ने र विद्यार्थीहरुको हौसला वृद्वि गर्ने कलेजले जानकारी दिएको छ। साथै उक्त कार्यक्रममा सहभागी हुनका लागि कलेज प्रशासनले सबैलाई अनुरोध समेत गरेको छ।