एमालेद्धारा विश्वासको मतका लागि प्रधानमन्त्री प्रचण्डले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी

२७ असार २०८१, बुधबार १३:३४

काठमाडौं । नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीप्रचण्डले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।

एमालेले समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका छन्। एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति गरिसकेका छन्।