काठमाडौं । नेकपा माओवादी केन्द्र सानो र कमजोर भएपनि माओवादी पार्टी नसकिने सांसद माधव सापकोटाले बताएका छन् ।
संसद भवन अगाडि पत्रकारहरुसंग बोल्दै सांसद सापकोटाले यस्तो बताएका हुन् । माओवादी आन्दोलन, विचार भएको कारण आन्दोलन र विचार नसकिने उनले बताए ।
आन्दोलनमा हजारौं मानिसहरु सहिद भएको र अहिलेको व्यवस्था ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको कारण पनि माओवादी एउटा आन्दोलन , विचार र दर्शन हुनुको साथै माओवादी पार्टीमा ठूलो लिगेसी भएको कारण पनि माओवादी नसकिने उनले स्पष्ट पारे ।
माओवादी पार्टीमा भएको आन्दोलन, विचार र लिगेसीलाई अहिलेको नयाँ पुस्तासंग जोड्नुपर्ने सांसद सापकोटाले बताए । माओवादी पार्टीमा भएको आन्दोलन, विचार र लिगेसीलाई नयाँ पुस्तासंग जोड्न सके माओवादी पार्टीलाई जलजलीमान बनाउन सकिने उनले दावी गरे ।
माओवादी भित्र केही कमजोरी भएको र ती कमजोरीहरुलाई पार्टीले ठिक ढंगले समिक्षा गर्नुपर्ने पनि सांसद सापकोटाले बताए । संसदमा माओवादी प्रतिपक्षमा बसेर जनताको आवाजलाई संसदमा गजबले बोल्ने र जनतातिर फर्कदै जनतासामु आत्मआलोचना गर्ने उनले बताए
