ताप्लेजुङमा ४.४ म्याग्निच्युडको भूकम्पको धक्का

२७ असार २०८१, बुधबार ०७:४४

ताप्लेजुङ । ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ४.४ म्याग्निच्युड मापन भएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो ।