एमाले सचिवालयको बैठक बस्दै, यी विषयमा छलफल हुने

२५ असार २०८१, सोमबार ०७:४०

काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक डाकेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यही असार २५ गते दिउँसो १ बजे बैठक डाकेको जानकारी दिए।

उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ। बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ।