काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधारणलाई सम्प्रेषण गरेको छ ।
नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिवार दिउँसो १२ बजेदेखि आज दिउँसो १२ बजेसम्म देशको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन विभागले ३४ लाख बढीलाई एसएमएस सम्प्रेषण गरेको हो ।
विभागका प्रवक्ता सुनिल पोखरेलले बाढीबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्ने लक्ष्यले जनचेतनाका लागि एकैदिनमा ३४ लाखको हाराहारीमा सर्वसाधारणलाई एसएमएस पठाएको जानकारी दिए ।
विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले यस वर्ष विभागले मनसुनजन्य घटना तथा जानकारीसम्बन्धी झन्डै ९० लाख एसएमएस सर्वसाधरणलाई पठाउने योजना बनाएको जानकारी दिए ।
