काठमाडौ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले कसैले चाहँदैमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने बताएका छन् ।
आइतबार (आज) प्रतिनिधिसभा बैठकको शून्य समयमा माओवादी सांसद दाहालले संविधानानुसार प्रधानमन्त्री अघि बढ्ने स्पष्ट पारेका छन् । सरकारलाई दिएको समर्थन फिर्तापछि एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक अधिकार भएको उनले उल्लेख गरे ।
उनले भने, “सरकारलाई समर्थन दिइसकेको राजनीतिक दलले विशवासको मत छैन भनेर फिर्ता लिइसकेपछि सरकारले महिना दिनभित्र विशवासको मत लिने संवैधानिक प्रावधान छ । (असार) २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ । संवैधानिक प्रावधानानुसार विश्वासको मत लिन खोज्नु अनैतिक हुनु हो ? कसैले चाहँदैमा राजीनामा आउँदैन ।”
उनले संवैधानिक व्यवस्थाअनुसार अघि बढ्ने भन्दै ‘अनैतिक र भ्रष्टहरू’ले नैतिकताको पाठ सिकाउन जरुरी नभएको बताए ।
