बागमती प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने, विश्वासको मत लिने

२४ असार २०८१, आईतवार १२:०४

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

आइतबार (आज) बिहान काठमाडौंमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको हो । माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले विश्वासको मत लिने दलको बैठकले निर्णय गरे पनि मिति भने नतोकिएको जानकारी दिए ।

सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रीहरूले राजीनामा दिइनसकेको अवस्थाले विश्वासको मत लिने समय तोक्न नसकिएको मुख्य सचेतक ढकालले जनाए ।