एनआइसी एसिया बैंकको मस्टरकार्ड डेविटकार्ड पोखराबाट सुरु

१७ असार २०८१, आईतवार ०९:४९

काठमाडौं । एनआइसी एसिया बैंकले पोखराबाट मस्टरकार्ड डेविटकार्डको सुरु गरेको छ ।

यसैसँगै अब पस टर्मिनल र एटिएममा अब मास्टर डेबिट तथा क्रेडिट कार्डको प्रयोग गर्न सकिने भएको छ । अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टर कार्डसँगको सहकार्यमा सो सुविधा थप गरिएको बैंकका गण्डकी प्रमुख दीपेन्द्र शर्माले बताए ।

प्रमुख शर्माका अनुसार यो सेवापछि कारोबार सुरक्षित हुने विश्वास लिइएको छ ।
यसबाट हाम्रो सेवालाई अझै सुरक्षित र सहज बनाउने छ । सेवाग्राहीले विना झन्झट सेवा लिन पाउनेछन्हाम्रो लागि पनि यो महत्त्वपूर्ण र ठुलो उपलब्धि हो । यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टर डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी ग्राहकले एनआइसी बैंकको पस टर्मिनलमार्फत भुक्तानी गर्न तथा एटिएम मेसिनबाट नगद निकाल्न र मौज्दात सोधपुछको सुविधा लिन सक्ने छन्।

मास्टरकार्ड इन्डियाका प्रतिनिधि पवन शेखले मास्टरकार्ड ग्लोवल टेक्नोलोजीको रुपमा विकास भएको बताए ।

उनले भने, “यो ग्लोवल टेक्नोलोजी हो । यसले सेवाहरू सहज र सुरक्षित हुनेछ । नेपालमा यसको सुरुआत गर्न पाएकोमा खुसी लागेको छ।”