काठमाडौं । करिब ६ महिनादेखि रोकिएको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को काम पुनः सुरु भएको छ।
नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि अध्यक्ष पद रिक्त रहँदा आईपीओ निष्काशनको काम रोकिएको थियो।अर्थ मन्त्रालयका सहसचिव नरेन्द्र कुमार रानालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको करिब एक महिनापछि बोर्डले आईपीओ निष्काशनलाई निरन्तरता दिएको हो।
बिहीबारबाट कार्यान्वयन हुने गरी कार्यवाहक अध्यक्ष रानाले रोकिएका आईपीओ एफपीओ, राइटसेयरलगायतका सम्पूर्ण काम अगाडि बढाउनथालेका हुन्।बुधबार बसेको बैठकले रिलायन्स स्पिनिङ मिल्सको बुकबिल्डिङ विधिबाट आईपीओ निष्काशनको अनुमति दिएसँगै अब धमाधम रोकिएका कम्पनीहरुले पनि अनुमति पाउने बोर्डले जनाएको छ।
बोर्डका अनुसार हाल आईपीओ निष्काशनको पाइपलाइनमा २७ अर्ब ९३ करोड ४४ लाख रुपैयाँबराबरको १७ करोड ३ लाख ३४ हजार कित्ता सेयर छन्।
