सुनको मूल्य ८०० रुपैयाँले घट्यो, कतिमा कारोबार हुदै ?

१४ असार २०८१, बिहीबार १०:४९

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन (आज) बिहीबार घटेर तोलामा १ लाख ४० हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार १०० कायम भएको छ । बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ७८० रुपैयाँ कायम भएको छ ।

बुधवार १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार भने सामान्य गिरावट आएको हो ।