झलनाथ खनाल र घनश्याम भुसालबिच सहमति, माधव नेपाल सङ्कटमा

१३ असार २०८१, बुधबार १७:५०

काठमाडौं । एकीकृत समाजवादी पार्टीको भावी नेतृत्वका लागि वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबिच सहमति भएको छ ।

खनाल र भुसालबिच सहमति भएसँगै माधव नेपाल सङ्कटमा परेका छन्। पार्टीको पहिलो महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न नेपाल सक्रिय भइरहँदा अध्यक्षमा खनाल र भुसालले समेत दाबी पेस गरेका थिए।

त्रिपक्षीय प्रतिस्पर्धा भएमा नेपाल बलियो अवस्थामा रहेकोमा बुधवार (आज) एकाएक खनालले भुसाललाई अध्यक्षमा समर्थन गरेपछि नेपालले चुनौती सामना गर्नुपर्ने देखिएको छ।

खनाल र नेपालबिच एमाले हुदाँ पनि पार्टीभित्र सधै प्रतिस्पर्धा देखिँदै आएको थियो।