नारायणगढ मुग्लिन सडक खण्ड पहिरो जादा अवरुद्ध

१३ असार २०८१, बुधबार १५:११

काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्ड पहिरो जादा अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित जलबिरेमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज मध्याह्न साढे १२ बजे गएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । नारायणगढबाट मुग्लिनतर्फ जाने र आउने सवारीसाधनहरू रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।