सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गर्दै भन्छन् यस्तो

९ असार २०८१, शनिबार ११:१६

काठमाडौं । नेकपा एमालेको कोटाबाट दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गरेका छन् ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीसहति ८ देशमा राजदूत सिफारिस गरेको थियो । तर, उनले आफूसँग कुनैपनि सल्लाह नगरेको भन्दै असन्तुष्टि पोखेका हुन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवतः दर्ता गराइसकेको छु ।”

प्याकुरेलले आजै प्रधानमन्त्रीको कार्यालयमा पत्र पठाउँदै राजदूत पद अस्वीकार गरेको बताएका छन् ।