काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एक जनाको बाढीले बगाएर मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । घाइते भएकाको उद्वार गरिएको छ ।
गएराति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिइन्। मृतक रोकाय मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक थिए।
बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे–१ तारेचौरका गोबिन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएको र उनीहरुको उपचार भैरहेको उपाध्यक्ष सिंहले बताए।
