क्रिकेटर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किए

८ असार २०८१, शुक्रबार १८:२८

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा सहभागी भएका क्रिकेटर सन्दीप लामिछाने शनिबार (आज) स्वदेश फर्किएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टीमका अन्य सदस्य तीन दिनअघि नै स्वदेश फर्किए पनि सन्दीप भने आज स्वदेश फर्किएका हुन् ।

अमेरिकाको भिसा नभएका कारण सन्दीप टोलीसँगै नेपाल फर्किन पाएका थिएनन् । उनी क्यानडा हुँदै नेपाल आएका हुन् । नेपाल आएपछि त्रिभुवन बिमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै सन्दीपले टी–२० विश्वकपको खेल खेल्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको बताएका छन्।

विश्वकपको अनुभव निकै स्मरणीय रहेको भन्दै टिममा अझै धेरै गर्न बाँकी रहेको उनले बताएका छन् । उनले साउथ अफ्रिकालाई दिएको चूनौति निकै राम्रो भएपनि अन्तिम बलमा जित्न नसक्दा दुख लागेको पनि बताए ।

उनले अब आफु क्रिकेटमा निरन्तर रुपमा लागि पर्ने बताए ।