काठमाडौं । आसीसी टी–२० विश्वकपको सुपर ८ मा अमेरिका वेष्ट इन्डिजसँग पराजित भएको छ ।
आज (शनिबार) वेष्ट इन्डिजसँग प्रतिस्पर्धामा उत्रिएको अमेरिका ठूलो अन्तरले पराजित हुन पुग्यो । वेष्ट इन्डिजले नौ विकेटले अमेरिकालाई पराजित गरेको हो ।पहिले ब्याटीङ गरेको अमेरिका १२८ रनमा अलआउट भएको थियो । १२९ रनको लक्ष्य वेष्ट इन्डिजले ५५ बल बाँकी रहँदा एक विकेटको क्षतीमा पुरा गरेको छ ।
यससँगै वेष्ट इन्डिजको नेट रनरेट उच्च भएको छ । समूह २ मा रहेको वेष्ट इन्डिजले सुपर ८ मा पहिलो खेल इंल्याण्डसँग पराजित भएको थियो । इंल्यान्ड शुक्रबारको खेलमा दक्षिण अफ्रिकासँग पराजित भएपछि सेमिफाइन प्रतिस्पर्धा रोचक बनेको छ ।
दक्षिण अफ्रिकाले दुई खेल जितेको छ भने उसको अन्तिम खेल वेष्ट इन्डिजसँग छ । इंल्याण्ड र वेष्ट इन्डिजले १ १ खेल जितेका छन् । अमेरिकाले दुवै खेल हालेपनि उसको सेमिफाइन सम्भावना अझै सकिएको छैन ।
