काठमाडौं । यही आउदो श्रावण १ गते देखि श्रावण ३२ गते सम्म श्री पशुपति क्षेत्र, (वनकाली) हंस मण्डप, काठमाडौंमा मानव सेवा फाउण्डेसन नेपाल आदि संस्थाद्धारा ऐतिहासिक पशुपति कोटिहोम एवं १०८ श्रीमद्धागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ आयोजना हुने भएको छ ।
अभिभावक विहिन अनाथ तथा आधारभूत आवश्यकताबा वञ्चित बालबालिकाहरुलाई निःशुल्क रुपमा गास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्दै आइरहेको नेपालकै नमुना मामाघर अनाथलय आश्रम, ललितपुर र बेसहारा, पिडित, दुखी, गरिबर आधारभूत आवश्यकताबाट वन्चित ज्येष्ठ नागरिकहरुलाई निःशुल्क रुपपमा गास, वास, कपास, र स्वास्थ्य प्रदान गर्दै आइरहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको सहयोगार्थका लागि उक्त महा ज्ञान यज्ञ आयोजना गर्नु लागेको आयोजक संस्थाहरुले जनाएका छन् ।
उक्त महा ज्ञान यज्ञमा सु–प्रसिद्ध कथा वाचिका परम पूज्या राधिका दासी माता (संगीतमय शिव महापुराण कथा वाचन), अन्तराष्ट्रिय कथा प्रवक्ता परम वूज्या देवी प्र्रतिभा (संगीतमय श्रीमद्भागवत कथा वाचन) प्रवीण पण्डित श्री दीनवन्धु पोखरेल (संगीतमय श्रीमद्भागवत कथा वाचन) श्रीमद् देवी भागवत वाचिका विदुषी डा. कान्ता भट्टराई (संगीतमय श्रीमद् देवी भागवत कथा वाचन) र देवी चन्द्रकला सखी (संगीतमय श्री राम कथा वाचन) तथा साधु, सन्त, महन्त संग संगै अन्य कथा वाचक तथा वाचिकाहरुकोे आगमन सहित आशिर्वचन हुने बताइएको छ ।
ऐतिहासिक पशुपति कोटिहोम एवं १०८ श्रीमद्धागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ आयोजना हुने भएको छ ।


