पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गर्ने गृहमन्त्री लामिछानेको दावी

७ असार २०८१, बिहीबार १८:१०

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन् ।

बिहीबार (आज) स्ंसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले पदको दुरुपयोग नगरीकन सन्तुलित रूपमा बजेट विनियोजन गरेको बताएका हुन्।

उनले बजेटमा आफूले सकेजति र नागरिकले भनेको आवश्यकता अनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको बताए ।

गृहमन्त्री लामिछानेले बजेट पास गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र चितवन गएर नागरिकसँग अन्तरक्रिया गर्ने पनि बताएका छन् ।