काठमाडौ । प्रतिनिधी सभा बैंठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुन अनुसार कारबाही गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्डले टीकापुरमा जनधनको अपूरणीय क्षति भएको उल्लेख गर्दै दोषीलाई कारबाही गर्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, “टीकापुर घटना एउटा दुखद घटना हो । जसमा जनधनको अपूरणीय क्षति हुन पुग्यो । घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुन बमोजिम नै हुनेछ ।”
थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको धारणा प्रधानमन्त्री प्रचण्डको छ ।
