आज सुनको मूल्य ६ सयले बढ्यो, कारोबार कतिमा हुदै ?

७ असार २०८१, बिहीबार १२:२८

काठमाडौं आज सातको पाचौं दिन सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनाम बिहीबार सुन तोलाको ६ सय रुपैयाँले बढ्दा चाँदी ३५ रुपैयाँ प्रतितोलाले बढेको छ।

बिहीबार छापवाल सुनको मूल्य तोलाको १ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ। महासंघका अनुसार तेजाबी सुन तोलाको १ लाख ४२ हजार १ सय रुपैयाँ हुँदा चाँदी १ हजार ८४० रुपैयाँ प्रतितोलामा कारोबार हुने छ।

बुधबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँ र चाँदी १ हजार ८०५ रुपैयाँमा कारोबार भएको महासंघले बताएको थियो।