काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सांसदहरुले प्रश्नोत्तर गर्ने भएका छन् ।
विहीबार बिहान ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरुले प्रश्नोत्तर गर्ने कार्यसूचीमा उल्लेख छ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
प्रश्नोत्तरका लागि सांसदहरूले सभामुखमार्फत आफ्ना प्रश्न ३ दिनअगावै प्रधानमन्त्री कार्यालयलाई दिइसकेका छन्।
