आईसीसी टी २० विश्वकपमा अफगानिस्तानविरुद्ध वेस्टइन्डिजले दियो २१९ रनको लक्ष्य

५ असार २०८१, मंगलवार ०८:३१

काठमाडौँ । आईसीसी टी २० विश्वकप क्रिकेटमा अफगानिस्तानलाई वेस्टइन्डिजले २१९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनायो ।

सुरुआत भने खास रहेन । आक्रामक सुरुआत गर्ने चक्करमा टिमको स्कोर २२ रन पुगेका बेला ब्रेन्डन किंग ६ बलमा ७ रन बनाएर आउट भएका थिए । त्यसपछि जोनसन चार्लेस र निकोलस पुरन मिलेर पारि अघि बढाए । ८ ओभरमा १०२ रन पु¥याए । जोनसन चार्लेस २७ बलमा ४३ रन बनाएर आउट भए ।

उनले ८ चौका प्रहार गरे । एक छेउमा पुरन रहे पनि क्रिजमा आएका साइ होपले १७ बलमा २५ रन बनाएर आउट हुँदा कप्तान रोभमन पावेलले १५ बलमा २६ रन बनाए । पाँचौँ विकेटको रूपमा निकोलस पुरन आउट भएका थिए । उनले ५३ बलमा ८ छक्का र ६ चौकाको मद्दतले ९८ रन बनाएर रनआउट भए । आन्द्रे रसेल ३ तथा सेरफन रुथफोर्ड १ रनमा नटआउट रहे ।

विश्वकपमा वेस्टइन्डिले बनाएको २१९ रन नै सर्वाधिक धेरै रन हो ।