काठमाडौं । चिनियाँ नागरिक सोनाम गुरुङको साथमा नेपाली नागरिकता फेला परेको छ।
काठमाडौँको तिनचुलीबाट ६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक सोनामको साथमा नेपाली नागरिकता भेटिएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट जारी भएको नागरिकता सोनामको साथमा भेटिएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताएका छन्।
सोनामले तस्करीको सुनको रकम भुक्तानी गर्ने गरेको भेटिएको छ । डिजिटल मुद्र्रा (युएसडिटी) मार्फत उनले हङकङमा रकम पठाउने गरेका हुन् । सीआईबीले उनको घरबाट ६ किलो सुन र ४८ लाख नगद बरामद गरेको छ ।
