काठमाडौं । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीका ५६ वर्षीय विमलप्रसाद पन्त रहेको प्रहरीले जनाएको छ ।
गएराति ८ बजेतिर परेको चट्याङ लागेर गम्भीर घाइते भएका पन्तको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा गएराति १० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठ बताए ।
उनलाई घरमै बसिरहेको बेलामा चट्याङ लागेर गम्भीर घाइते भएको आफन्तले बताएका छन् । पन्तले स्थानीय जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
