काठमाडौं । नेकपा (माओवादी केन्द्र) पालुङ्टार काठमाडौं सम्पर्क समन्वय समितिको नगर भेला नयाँ कार्यसमिती गठन भएको छ।
उक्त नगर भेलामा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश समन्वय इन्चार्ज चूडामणि खड्का, बिशेष अतिथि सम्पर्क समन्वय समितिका केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य श्रीकृष्ण अधिकारी, अतिथि राष्ट्रिय सभाका सदस्य भुवन सुनार, केन्द्रि सदस्य पम्फा बसेल,सम्पर्क समन्वय समितिका केन्द्रिय उपाध्यक्ष तारा कुमाल, गण्डकी प्रदेश सम्पर्क समन्वय समितिका संयोजक रामप्रसाद भन्तना, सम्पर्क समन्वय समितिका गोरखा इन्चार्ज मुक्ति पोखरेल रहेका थिए ।
यस्तै समन्वय समितिका सदस्यहरु रामहरी श्रेष्ठ, किरण पन्त, विकाश गुरुङ, रमेश वञ्जरा, वावुराम देवकोटा, प्रदेश समन्वय समिति संयोजक दिलिप सोनी, गण्डकी प्रदेश समिति सदस्य इन्द्रराज भट्टराई, विशेष प्रदेशका जिवन वयलकोटी ,सम्पर्क समन्वय समितिका गोरखा संयोजक अनुप श्रेष्ठ, पुर्व उपाध्यक्ष चन्दन मगर भूगोल पार्टीको प्रतिनिधि केशव न्यौपाने, सुमन आचार्य, वुद्धी गुरुङ र विकाश भट्टराई, शहिद परिवार सदस्य श्री विकाश वाग्ले, राम वहादुर महत, वुद्धिजीवि ऋषीराम देवकोटा लगायत अन्य विद्दत वर्गका व्यक्तित्वहरुको उपस्थिति रहेको सो कार्यक्रम विष्णुहरि देवकोटा र सागर गिरीले उद्घोषण र उपाध्यक्ष रामजी पोखरेलले स्वागत गरेका थिए ।
गौतम न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ। उपाध्यक्षमा रामजी पोखरेल, सचिवमा आबेश कुमार श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानु बयालकोटी पदाधिकारीसहित २५ जना सदस्यहरु सर्वसम्मत निर्वाचित भएका छन् ।
गण्डकी प्रदेश समन्वय इन्चार्ज चूडामणि खड्का, सम्पर्क समन्वय समितिका केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य सदस्य श्रीकृष्ण अधिकारी, राष्ट्रिय सभाका सदस्य भुवन सुनार, केन्द्रि सदस्य पम्फा बसेल, सम्पर्क समन्वय समितिका केन्द्रिय उपाध्यक्ष तारा कुमाल, गण्डकी प्रदेश सम्पर्क समन्वय समितिका संयोजक रामप्रसाद भन्तना, सम्पर्क समन्वय समितिका गोरखा इन्चार्ज मुक्ति पोखरेल, गण्डकी प्रदेश समिति सदस्य इन्द्रराज भट्टराई, विशेष प्रदेशका जिवन वयलकोटी ,सम्पर्क समन्वय समितिका गोरखा संयोजक अनुप श्रेष्ठ, भूगोल पार्टीको प्रतिनिधि केशव न्यौपानेले मन्तव्य सहित नवनिर्वाचित समितिलाई वधाई तथा शुभकामना दिएका थिए।
