अफगानिस्तान पपुवा न्यु गिनीलाई हराउँदै सुपर–८ चरणमा

१ असार २०८१, शुक्रबार ०९:४२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा अफगानिस्तान सुपर–८ चरणमा प्रवेश गरेको छ ।

आज (शुक्रबार) बिहान सम्पन्न खेलमा अफगानिस्तानले पपुवा न्यु गिनीलाई सात विकेटले हराउँदै सुपर–८ चरणमा पुगेको हो ।टस हारी पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यु गिनीले १९.५ ओभरमा अलआउट हुदै ९५ रनमात्र बनायो ।

जवाफी ब्याटिङमा गरेको अफगानिस्तानले भने १५.१ ओभरमा केवल तीन विकेट गुमाएर एक सय एक रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो ।