काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित फिश्लिङ र मौवाखोलामा बस दुर्घटना भएको छ ।
उक्त बस दुर्घटनामा १७ जना घाइते भएका छन् । नेपालगंजबाट काठमाडौं आउदै गरेको बस र चितवन जाँदै गरेको कार ठोक्किँदा १७ जना घाइते भएका हुन् ।
चितवनको फिस्लिङमा भएको दुर्घटनामा कारमा सवार ५ जना र बसका १२ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।उनीहरुको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर छ ।
ओभरटेक गरेको कारलाई ठक्कर दिएर बस नदि किनारमा खस्यो कारमा सवार यात्रुहरुको अबस्था गम्भीर रहेको छ । बस नदीमा नपल्टी खस्दा बसमा सवार यात्रुहरु प्राय सामान्य घाइते भएका छन् ।
