काठमाडौं । टी २० विश्वकप क्रिकेटमा (आज) बुधबार भारत र अमेरिकाले प्रतिस्पर्धा गर्दै छन्।
आजको खेल जित्ने टोलीले शीर्ष आठमा स्थान बनाउनेछ। अमेरिका पहिलो पटक भारतसँग कुनै पनि फर्म्याटको क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल भारत र अमेरिकाका लागि जस्तै पाकिस्तानका लागि महत्वपूर्ण छ। अघिल्लो चरणको झिनो आसा कायम राख्न आजको खेलमा भारतले अमेरिकालाई पराजित गरे तुलनात्मक रुपमा पाकिस्तानलाई सहज हुनेछ।
किनकि अन्तिम खेलमा भारतले क्यनडा र अमेरिकाले आयरल्यान्डसँग खेल्नु पर्ने छ। अमेरिका आज हारेमा आयरल्यान्ड विरुद्धको खेल निर्णायक हुनेछ। यद्यपि भारत हार्यो भने अन्तिम खेलमा क्यानडाले भारतलाई हराउनु पर्ने हुन्छ।
खेल न्युयोर्क स्थित नासाउ क्रिकेट स्टेडियममा राती ८ः१५ मा सुरु हुने छ। प्रतियोगिताको आफ्नो पहिलो खेलमा क्यानडालाई हराएको अमेरिकाले दोस्रो खेलमा पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो।
