जसपाको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

३० जेष्ठ २०८१, बुधबार १३:४७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भएका छन् ।

बुधबार (आज) बिहान भएको नोमिनेशनमा जसपाको अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचन समितिका संयोजक महम्मद समिम अखतर अलीले अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध भएको बताएका छन् ।

बाँकी पदाधिकारी तथा सदस्यहरूमा बढी उम्मेदवारी परेकोले निर्वाचक प्रक्रिया अनुसार नामावली प्रकाशन गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ ।