काठमाडौं । नेकपा (एमाले) काठमाडौंको अध्यक्षमा दिपक निरौला निर्वाचित भएका छन्।
प्रतिस्पर्धी निर्मल देउलालाई हराउँदै निरौला अध्यक्षमा निर्वाचित भएका हुन्। उनी यसअघि पनि अध्यक्ष नै थिए। निरौलाले ३७० मत पाए भने देउलाले १९१ मत पाएका छन्।
निरौला निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन्। त्यस्तै, उपाध्यक्षमा विश्वराम सापकोटाले नवराज पराजुलीलाई पराजित गरेका छन्। सापकोटाले २६४ र पराजुलीले १७४ मत पाएका छन्।
सचिवमा राजेश शाक्य ३७० मत ल्याएर विजयी भएका छन् । यस्तैै उनका प्रतिस्पर्धी सत्यनारायण डंगोल १९१ मत ल्याएर पराजित बनेका छन्।
