रूपन्देहीमा बस दुर्घटना

३० जेष्ठ २०८१, बुधबार ०८:२३

काठमाडौं । रूपन्देहीमा बस दुर्घटना भएको छ। उक्त बस दुर्घटनामा परी ४३ जना घाइते भएका छन् ।

गएराति ११ः५० बजे रूपन्देहीको सैनामैना नगरपालिका १० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा दाङबाट काठमाडौं आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस ठोक्किएको हो।

दुर्घटनाबाट बसका चालक र यात्रुसहित ४३ जना घाइते जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टले जानकारी गराएका छन्।

घाइतेहरूलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएको छ।

नाम नखुलेको बसका सहचालक गम्भीर घाइते भएका छन्। उनको चौराहा हस्पिटलमा उपचार भएरहेको छ।