सुनको मूल्य आज पनि स्थिर, कारोबार कतिमा हुदै ?

२९ जेष्ठ २०८१, मंगलवार १०:५९

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम भएको बताएको छ। आइतबार र सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो । त्यसअघि शुक्रबार भने सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ कायम थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य घटेको छ । सोमबार तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज (मंगलबार) १ हजार ८१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।