न्यायाधीश गिरीलाई बलात्कार मुद्दामा सात वर्ष कैद सजाय

२९ जेष्ठ २०८१, मंगलवार १०:३०

काठमाडौं । काठमाडौं जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा सात वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश दुर्गाबहादुर भुसालको सोमबारको इजलासले उनलाई तीन लाख रुपैयाँ जरिवानाको फैसला समेत गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले बताए ।उनले भने, “सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना । त्यो जरिवानालाई क्षतिपूर्तिको रूपमा पीडितले पाउने फैसला भएको छ ।”

गत जेठ १३ गते न्यायाधीश भुसालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । सजाय निर्धारणका निम्ति जेठ २८ गते (सोमबार) लाई पेसी तोकिएको थियो ।