काठमाडौं । आसीसी टी २० विश्वकप समुह डी अन्तर्गतको गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गरेको छ ।
दक्षिण अफ्रीकाले दिएको ११४ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सफल भएको थियो ।
बंगलादेशका लागि तोविद हृदोयले सर्बाधिक ३७ रन बनाएका थिए । यस्तै दक्षिण अफ्रिकाका बलर केसब महाराजले ३ तथा कागीसो राबाडा र एनरीच नोकियाले २–२ विकेट लिएका थिए ।
पहिले ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउँदै ११३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्बाधिक ४६ तथा डेविड मिलरले २९ रन बनाएका थिए ।
यो विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित हो । समुह डी मा ३ खेलमा ६ अंक हासिल गर्दै दक्षिण अफ्रिका शिर्ष स्थानमा रहेको छ र सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ । त्यस्तै बंगलादेशको भने २ खेलमा यो पहिलो हार हो । बंगलादेशले यसअघि श्रीलंकालाई पराजित गरेको थियो ।
