एमाले अर्घाखाँचीको नवौँ जिल्ला अधिवेशनबाट पीताम्बर भुसाल अध्यक्ष निर्वाचित

२८ जेष्ठ २०८१, सोमबार ११:११

काठमाडौं । नेकपा एमाले अर्घाखाँचीको नवौँ जिल्ला अधिवेशनबाट पीताम्बर भुसाल अध्यक्ष निर्वाचित भएका छन्।

भुसाल आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। सचिवमा पनि निवर्तमान सचिव तोजबहादुर रायमाझी पुनः निर्विरोध निर्वाचित भएको एमाले जिल्ला प्रचार विभाग प्रमुख शोभाखर पन्थीले बताए।

८७ सदस्यीय जिल्ला कार्यसमितिमा उपाध्यक्ष र उपसचिव लगायत सदस्य पदहरूमा भने एक जना भन्दा बढीको उम्मेदवारी परेपछि मतदान गरिएको थियो । उपाध्यक्षमा शम्भु पोखरेल निर्वाचित भएका छन् । उनले प्रेम नारायण गैरेलाई पराजित गरे।