झोलुङ्गे पुलमा फसेका खच्चरलाई पुलको जाली काटेर नदीमा खसालियो

२७ जेष्ठ २०८१, आईतवार १४:४६

काठमाडौं । कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चरलाई पुलको जाली काटेर नदीमा खसालिएको छ ।

नदीमा खसालिएका १३ खच्चर मध्ये दुई वटा मरेका छन् । अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीसलाई जोड्ने कर्णाली नदी माथिको पुलको एकछेउका लठ्ठा चुँडिँदा खच्चड अड्किन पुगेका थिए ।

लठ्ठा चुँडिएको भागको पुल झुकेपछि १३ खच्चर जालीमा छिरेका थिए । जालीमा छिरेर अड्केको मध्ये एक खच्चड पुलमै मरिसकेको थियो । अर्को जाली काटेर नदीमा झारेपछि मरेको आठबीस नगरपालिका–६ का अध्यक्ष नवराज शर्माले बताए ।

कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा आइतबार बिहान फसेका खच्चडहरूको उद्धार जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीय बासिन्दाको समेत सहयोगमा पुलमा फसेका खच्चड उद्धार गरिरहेका छन् ।