आज भारत र पाकिस्तान खेल मैदानमा उत्रिदै

२७ जेष्ठ २०८१, आईतवार १०:४८

काठमाडौं । जारी टी–२० विश्वकप अन्तर्गत आज राति भारत र पाकिस्तान खेल मैदानमा उत्रिदै छन् ।

समूह ए अन्तर्गत यो खेल नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राती सवा ८ बजेदेखि सुरु हुनेछ । यो खेललाई टी–२० विश्वकपकै सबैभन्दा ठुलो खेलको रुपमा हेरिएको छ ।

भारतले पहिलो खेलमा आयरल्याण्डलाई पराजित गर्दै विजय भएको छ भने पाकिस्तान अमेरिकासँग पराजित भएको छ ।