काठमाडौं । सुनको मूल्यले शुक्रबार पनि बढेको छ ।
गत बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन (हिजो) बिहीबार १८ सय बढेको थियो भने आज फेरि १ हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको दिन १ लाख ४५ हजार रुपैयाँमा सुनको कारोबार भएको बताएको छ ।आजको सुनको मूल्य हालसम्मकै उच्च हो ।
यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । विहीबारको दिन तोलामा १८५० रुपैयाँ रहेको चाँदी शुक्रबार १९०० पुगेको छ ।
