काठमाडौं । नेकपा (एमाले) रूपन्देहीको अध्यक्षमा यज्ञ गैरे निर्वाचित भएका छन्।
गत बुधबार सुरू भएको एमाले रूपन्देहीको १० औं जिल्ला अधिवेशनमा नेतृत्वका लागि निवर्तमान अध्यक्ष तेजेन्द्र केसी सँगै उपसचिव चित्र बहादुर कार्की र हितराज पन्थीले प्रतिस्पर्धा गर्ने तयारीमा थिए तर अन्तिम समयमा आएर केसीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए भने हितराज पन्थी उपाध्यक्ष र चित्र बहादुर कार्कीले सचिवको जिम्मेवारी लिन सहमत भएपछि नेतृत्व सर्वसम्मत भएको हो।
उपसचिवमा बावुराम पन्थी र सुनिता ठटेर निर्विरोध निर्वाचित भएका छन्। बिहीबार (हिजो) बिहानै देखि सुरू भएको बन्द सत्रमा ८५७ जना प्रतिनिधि र पर्यवेक्षक गरी १ हजार भन्दा बढी सहभागी थिए।
अध्यक्ष पदमा निर्वाचित गैरे विद्यार्थी राजनिती र किसान आन्दोलनमा सहभागी हुँदै यसअघि जिल्ला कमिटी सचिव थिए।
