काठमाडौं। नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको उपचारका लागि भारत लैजाने क्रममा मृत्यु भएको छ ।
खनालको आन्द्रासम्बन्धी समस्या देखिएपछि उपचारत रहेका उनलाई थप उपचारका लागि भारतको हैदराबाद लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
उपचारका लागि भारत लैजाने क्रममा मृत्यु भएका खनालको शव नेपाल ल्याउने तयारी भइरहेको एमाले सुनसरीका युवा नेता रवि खनालले बताएका छन् । उनलाई मंगलबार भारत लगिएको थियो ।
नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला अधिवेशनबाट खनाल अध्यक्षमा निर्वाचित भएका थिए ।
