जाजरकोटमा फेरि गयो ३.८ म्याग्निच्युडको भूकम्प

२४ जेष्ठ २०८१, बिहीबार ०८:३२

काठमाडौं । जाजरकोटमा फेरि भूकम्प गएको छ ।

बिहीबार (आज) बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले ३.८ म्याग्निच्युडको भूकम्प जादा भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको बताइएको छ।

गत कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो मानवीय क्षति भएको थियो ।